४ असार २०७८, शुक्रबार
गृह गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै: सभा बैठक सुरु
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदै: सभा बैठक सुरु

पोखरा। गण्डकी प्रदेशको प्रदेशसभा बैठक सुरु भएको छ। प्रदेशसभामा ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ मा गुरुङ दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिंदैछन्।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन्।


अहिले मुख्यमन्त्री गुरुङले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउँ भन्दै वक्तव्यसहित प्रस्ताव पेस गरिरहेका छन्।

यसअघि विपक्षी गठबन्धनले ल्याएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने बेला वैशाख १५ मा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएको सूचनापछि प्रदेशसभा बैठक स्थगित भएको थियो।

त्यसपछि वैशाख २७ मा अविश्वास प्रस्तावमाथि मतदानको कार्यसूची तय गरिएकोमा त्यसको अघिल्लो दिननै मुख्यमन्त्री गुरुङले राजीनामा दिएका थिए।

Facebook Comments

हरेक खबर खास खबर