९ असार २०७८, बुधबार
गृह लन्डन आउँदैगर्दा पुटिनलाई बाइडेनको चेतावनी: खतरनाक गतिविधि गरे जवाफ फर्काउछौँ
लन्डन आउँदैगर्दा पुटिनलाई बाइडेनको चेतावनी: खतरनाक गतिविधि गरे जवाफ फर्काउछौँ

अमेरिकी राष्ट्रपति जा बाइडेनले ‘खतरनाक गतिविधि’ मा संलग्न रहे रुसलाई जवाफ फर्काइने चेतावनी दिएका छन् ।बुधबार आरएएफ मिल्डनहल एयरबेसमा अमेरिकी सैनिक र सैनिक परिवारलाई सम्बोधन गर्दै बाइडेनले पुटिनलाई स्पष्ट सन्देश दिने बताए ।

‘हामीले रुससँग द्वन्द्व चाहेका छैनौं,’ उनले भने,‘हामी स्थिर सम्बन्ध चाहन्छौं । तर यदी रुसी सरकार खतरनाक गतिविधिमा संलग्न भएमा अमेरिकाले अर्थपूर्ण ढंगले जवाफ फर्काउनेछ भन्नेमा म स्पष्ट छु,’ बाइडेनले भने । युरोप भ्रमणका क्रममा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि भेट्ने कार्यक्रम छ ।


बेलायत यात्रा सुरु
उनले बेलायतबाट युरोप भ्रमण सुरु गरेका छन् । आफ्नो मनसाय अमेरिकी सहयोगी बेलायतसँग सुदृढ सम्बन्ध बनाउनु रहेको पनि उनले स्पष्ट पारेका छन् । ट्रम्प कार्यकालमा यो सम्बन्ध केही बिग्रिएको थियो ।

भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोनसोनलाई भेटेर नयाँ ‘एटलान्टिक चार्टर’ मा सहमति खोज्ने प्रयास बाइडेनले गर्नेछन् । सुरक्षा र जलवायु परिवर्तनसहितका चुनौतीहरुमा केन्द्रीत रहेर तयार गरिएको यो सहमति विस्टन चर्चिल र फ्रयाङलिन रुसभेल्टबीच १९४१ मा भएको सहमतिको नयाँ स्वरुपजस्तै हुने  बीबीसीले जनाएको छ ।

Facebook Comments

हरेक खबर खास खबर