५ असार २०७८, शनिबार
गृह देउवापत्नी आरजुलाई हराउने नारदमुनी मन्त्री बने
देउवापत्नी आरजुलाई हराउने नारदमुनी मन्त्री बने

काठमाडौं। नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा पत्नी आरजु राणालाई पराजित गर्ने नारदमुनी राना मन्त्री बन्ने भएका छन्।

प्रधानमन्त्रीले विस्तार गर्न लागेको मन्त्रिपरिषद्मा उनलाई वनमन्त्री बनाउन लागिएको हो। कैलाली क्षेत्र नं ५ बाट उनले आरजु राणालाई भारी मत अन्तरले पराजित गरेका थिए।


अहिले पनि नयाँ मन्त्री बनाइँदा सुदूरपश्चिमकै राणालाई वनमन्त्री बनाउन लागिएको हो।

तत्कालीन वाम गठबन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका थिए भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी थिइन्। यसअघि वन मन्त्रीमा सुदूरपश्चिमकै प्रेम आले रहेका थिए ।

 

Facebook Comments

हरेक खबर खास खबर