१० असार २०७८, बिहीबार
गृह हत्या आरोपमा रुपन्देहीबाट पाँच युवा पक्राउ
हत्या आरोपमा रुपन्देहीबाट पाँच युवा पक्राउ

रुपन्देही। रुपन्देहीबाट हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। प्रहरीका अनुसार गत आइतबार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ मा अवस्थामा मृत फेला परेका ३५ वर्षीय महेन्द्र यादवको हत्यामा संलग्न रहेको आरोपमा पाँच युवालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं ४ कै २२ बर्षीय बलजित पासी, ३० बर्षीय दुर्गेश पासवान, २४ बर्षीय राकेश यादव, २० बर्षीय संजय पासी र २३ बर्षीय सर्वजित विश्वकर्मा रहेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।


गत आइतबार बिहान इलाका प्रहरी कार्यालय लुम्बिनीबाट प्रहरी निरीक्षक रविन्द्र महतको कमाण्डमा गएको टोलीले यादवको शव फेला पारेको थियो। मृतकको शरीरको टाउको, छाती, घाटी र गुप्तांग समेतमा धारिलो हतियार प्रहार भएको पाइएको थियो।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दका अनुसार पुरानो रिसिईबीको कारण बदला लिने उद्देश्यले यादवको हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Facebook Comments

हरेक खबर खास खबर