१० असार २०७८, बिहीबार
गृह नेप्से सामान्य घट्यो
नेप्से सामान्य घट्यो

काठमाडौं। कारोबार हुने हप्ताको अन्तिम दिन आज शेयर बजार परिसूचक नेप्से सामान्य ओरालो लागेको छ। दिनभर उतारचढाव भएको नेप्से कारोबार बन्द हुने बेलामा एक दशमलव आठ अङ्कले घटेर दुई हजार नौ सय ४४ दशमलव ७८ विन्दुमा झरको छ।

आज विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स, लगानी र म्युचल फन्ड समूहको शेयर बढे पनि अरू समूहको शेयर घटेको छ । बैंकिङ समूहको शेयर झन्डै १८ अङ्कले, व्यापारको ५७, होटलको २७, जीवन बीमा समूहको दुई सय ७३, निर्जीवन बीमा समूहको ४५ अङ्कले घटेको छ।


आज दुई सय २० वटा कम्पनीका तीन करोड ६ लाख कित्ता शेयर १६ अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट कम्पनीको झन्डै एक अर्ब रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

आज बोटलर्स नेपाल र रुरु जलविद्युत् कम्पनीको शेयर तीन प्रतिशतका दरले घटेको छ। समग्र बजार घटे पनि १२ वटा कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ।

Facebook Comments

हरेक खबर खास खबर