४ असार २०७८, शुक्रबार
गृह प्रदेश २ सभाको आजको बैठकमा महन्थ पक्ष सहभागी हुने
प्रदेश २ सभाको आजको बैठकमा महन्थ पक्ष सहभागी हुने

जनकपुरधाम। प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सदनको बैठकमा जसपा महन्थ ठाकुर पक्षका सांसदहरू पनि उपस्थित हुने भएका छन्।

आफूपक्षीय मन्त्रीहरूलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेपछि रुष्ट बनेका ठाकुर पक्षका सांसद पछिल्ला तीन बैठकमा सहभागी भएका थिएनन्।


प्रदेश प्रमुख डा राजेश अहिराज आज प्रदेशसभा बैठकमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्। उक्त बैठकमा सहभागी हुने निर्णय भएको महन्थ ठाकुर पक्षका सांसद तथा बर्खास्त भएका राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर