४ असार २०७८, शुक्रबार
गृह सुदूरपश्चिम प्रदेशका १७ सांसदलाई ओली पक्षले सोध्यो स्पष्टीकरण
सुदूरपश्चिम प्रदेशका १७ सांसदलाई ओली पक्षले सोध्यो स्पष्टीकरण

कैलाली। सुदूरपश्चिम प्रदेश सभाका नेकपा एमालेका का १७ सांसदलाई अध्यक्ष केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोधेको छ।

एमाले प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले प्रदेश सभामा संसदीय दलका नेता प्रकाशबहादुर सिंहसहित १७ सांसदलाई स्पष्टीकरण सोधेका हुन्। उनीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन पत्र पठाएको सचिव रावलले बताए।


बुधबार सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिएका थिए। माधवकुमार नेपाल पक्षका १७ सांसदले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिएका थिए। ओली पक्षले भने विपक्षमा मतदान गरेको थियो।

Facebook Comments

हरेक खबर खास खबर