५ असार २०७८, शनिबार
गृह मन्त्रिपरिषदलाई पूर्णताः खगराज अधिकारी गृहमन्त्री, सञ्चारमा बादलपत्नी
मन्त्रिपरिषदलाई पूर्णताः खगराज अधिकारी गृहमन्त्री, सञ्चारमा बादलपत्नी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्।

सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री लाई स्थान दिइएको छ।


यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री, १८ मन्त्री र तीन राज्यमन्त्री भएका छन्। प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन्।

यस्तै विस्तारित मन्त्रिपरिषद्मा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकि छिन् । उनी हाँ एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन्।

यस्तै प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन्। एमालेबाट गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन्।

यस्तै एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेका छन्।

यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन्। एमालेकै आशा विक वन राज्यमन्त्री बनेकि छिन्।

Facebook Comments

हरेक खबर खास खबर