४ असार २०७८, शुक्रबार
गृह नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक छिट्टै विद्यार्थीको हातमा
नयाँ शैक्षिक सत्रको पाठ्यपुस्तक छिट्टै विद्यार्थीको हातमा

काठमाडौं। शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जानकारी दिएको छ। शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरु छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताए।

प्रादेशिक कार्यालयहरुबाट जनक शिक्षा सामग्री केन्द्रमा सुचिकृत १२ सय पुस्तक विक्रेताहरुले देशभरका विद्यालयमा पुर्याउने उनले बताए।


देशभर निषेधाज्ञा भएको अवस्थामा विक्रेताहरु प्रादेशिक कार्यालयमा आएर पाठ्यपुस्तक लैजान नसकेका कारण विक्रि वितरणमा भने समस्या भएको प्रमुख झाले बताए।

उनले भने,‘जुन गतिले वितरण हुनुपर्ने हो, त्यो हुन सकिरहेको छैन । कोभिड–१९ को निषेधाज्ञाका कारण पुस्तक पसलहरु खुलेको छैन। पुस्तक व्यवसायीलाई प्रादेशिक कार्यालयमा आउन समस्या भएको छ। १ हप्तादेखि विक्रि वितरण भइरहेको छ। जेष्ठ मसान्तसम्म धेरै ठाउँमा पाठ्यपुस्तक पु¥याइसक्छौँ । असारको पहिलोहप्ता सम्म देशभर विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्छ।’

Facebook Comments

हरेक खबर खास खबर