१० असार २०७८, बिहीबार
गृह कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको मृत्यु
कोरोना संक्रमणबाट पत्रकार बास्तोलाको मृत्यु

पोखरा। कोरोना संक्रमणबाट पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको मृत्यु भएको छ।

उनको ७० वर्षको उमेरमा गएराति पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो। उनमा मधुमेह, निमोनिया समेत थियो।


माइक्रो न्यूज, आदर्श समाज दैनिक, स्वतन्त्र सन्देशमा सम्पादक भई काम गरेका पत्रकार बास्तोला माछापुच्छे« एफएममा पनि संलग्न थिए। पोखरामा ४ दशक बढी पत्रकारिता गरेका उनी पोखरा ५, मालेपाटन बस्दै आएका थिए।

Facebook Comments

हरेक खबर खास खबर