१० असार २०७८, बिहीबार
गृह कीर्तिपुरबाट चितुवाको छालासहित दुई पक्राउ
कीर्तिपुरबाट चितुवाको छालासहित दुई पक्राउ

काठमाडौं। कीर्तिपुरबाट चितुवाको छालासहित दुई जना पक्राउ परेको छन्। बिहीबार बिहान कीर्तिपुर नगरपालिका वडा नम्बर ३ ढल्पा क्षेत्रबाट छालासहित दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए।

पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका—१ घर भइ पाँगा बसपार्क बस्ने २३ वर्षीय गिरिराज ठगुन्ना र बझाङ दुर्गाथली गाउँपालिकाज्ञ—७ घर भइ ढल्पा बस्ने २९ वर्षीय नारायण बहादुर सिंह छन्।


प्रहरीले चितुवाको छाला बेचबिखन भइरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

Facebook Comments

हरेक खबर खास खबर