४ असार २०७८, शुक्रबार
गृह गण्डकी सरकार ढल्यो, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत
गण्डकी सरकार ढल्यो, मुख्यमन्त्री गुरुङले पाएनन् विश्वासको मत

पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन असफल भएका छन्।

प्रदेशसभामा आज विश्वासको मत लिन असफल भएपछि संविधानतः गुरुङ पदमुक्त भएका हुन्। प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन। प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन्।


६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित थिए। प्रदेश सरकारका युवामन्त्री राजीव गुरुङ ९दीपक मनाङे० भने अनुपस्थित रहे। सभामुख नेत्रनाथ अधिकारीले मतदान गरेनन्।

Facebook Comments

हरेक खबर खास खबर