९ असार २०७८, बुधबार
गृह देशभर थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि
देशभर थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर थप ३,७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभरका प्रयोगशालामा ९ हजार ९०१ नमुनाको पीसीआर परीक्षणमा २ हजार ८७४ र ५ हजार ३३७ जनाको एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३७४९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार आज थप ५९ जनाको मृत्यु भएको छ। यस्तै थप ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन्।

Facebook Comments

हरेक खबर खास खबर