१० असार २०७८, बिहीबार
गृह मुख्यमन्त्रीमा दाबी पेश गर्छौंः नेता पोखरेल
मुख्यमन्त्रीमा दाबी पेश गर्छौंः नेता पोखरेल

पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी गर्ने बताए। संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले शुक्रबार विश्वासको मत पाउन असफल भएपछि उनी पदमुक्त भएका छन्।

अब संविधानको धारा १६८(५) अनसार मुख्यमन्त्री नियुक्तिका लागि विश्वासको मत प्रापत गर्ने आधार प्रस्तुत गर्न प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले आह्वान गर्नेछन्।


विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका छन्। प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पोखरेलले भने, ‘बहुमत सांसदसहित हामी जान्छौं।’

Facebook Comments

हरेक खबर खास खबर