९ असार २०७८, बुधबार
गृह दिपक मनाङ्गेलाई भेट्न पोखरा पुगेका लामा पक्राउ
दिपक मनाङ्गेलाई भेट्न पोखरा पुगेका लामा पक्राउ

पोखरा। पोखरा पुगेका गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ। लामालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो।

लामा सांसद दीपक मनाङ्गेलाई विपक्षीको पक्षमा मत हाल्नका लागि मनाउन पोखरा गएको बताइन्छ। कतिपयले राजनीतिक चलखेलका लागि उनी पोखरा पुगेको पनि आशंका गरेका छन्।


डनको पृष्ठभूमि भएका लामा नेपाली कांग्रेसका कार्यकर्ता समेत हुन्। पोखरा आएर उनी लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वास मत लिने क्रममा आज भएको मतदानमा मनाङ्गे अनुपस्थित भएका थिए। उनले बुधबार नै विपक्षीलाई साथ दिने बताएका थिए । त्यसपछि उनी बिहीबार दिनभर सम्पर्कबिहीन भएका थिए।

मुख्यमन्त्री गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएसँगै पदमुक्त भएका छन्

Facebook Comments

हरेक खबर खास खबर