१० असार २०७८, बिहीबार
गृह सुदूरपश्चिम सरकारको प्राथमिकतामा कोरोना रोकथाम (नीति तथा कार्यक्रमको पूर्णपाठ)
सुदूरपश्चिम सरकारको प्राथमिकतामा कोरोना रोकथाम (नीति तथा कार्यक्रमको पूर्णपाठ)

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेश गरेको छ।

बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेश गर्दै कोरोना भाइरसको महामारी रोकथाम, नियन्त्रण तथा व्यवस्थापन र त्यसले पारेको प्रभाव न्यूनीकरण पहिलो प्राथमिकता हुने बताए।


प्रदेश प्रमुख यादवले कोरोना भाइरसले विभिन्न क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्न अगामी वर्षको कायक्रम र बजेट केन्द्रीत हुने बताए।

सरकारले कोरोना महामारीको रोकथाम गर्दै त्यसले आर्थिक क्षेत्रमा पारेका प्रभाव नियन्त्रण गरेर प्रदेशको अर्थतन्त्रलाई थप गतिशिल बनाउने उनले बताए।सुदूरपश्चिम प्रदेश सरकारको आ.व. 2078-79 को नीति तथा कार्यक्रम (1)

Facebook Comments

हरेक खबर खास खबर