१० असार २०७८, बिहीबार
गृह प्रदेश १ सरकारको नीति तथा कार्यक्रम: प्राथमिकतामा स्वास्थ्य
प्रदेश १ सरकारको नीति तथा कार्यक्रम: प्राथमिकतामा स्वास्थ्य

काठमाडौं। प्रदेश १ सरकारले स्वास्थ्य, शिक्षा, कृषि र रोजगारलाई प्राथमिकतामा राखेर आगामी आर्थिक बर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।

प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आगामी आर्थिक वर्ष मेरो कृषि मेरो पौरख अभियान सञ्चालन गर्ने भएको छ।


जमिन बाँझो नराख्ने नीति अनुसार सबै जमिनमा कृषि गर्नका लागि प्रोत्साहन गर्ने नीति लिएको छ। प्रदेश १ सरकारले सासु–बुहारी सम्मानको नीति बनाएको छ।

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै मेची अस्पताललाई २ सय बेडको बनाउने नीति लिएको छ। धनकुटा र पाँचथर जिल्ला अस्पताललाई सय–सय बेड र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० बेडमा स्तरोन्नति गर्ने सरकारको लक्ष्य छ।

प्रदेशका ६२ बहुवर्षीय सडक योजना, ७ वटा प्रादेशिक विशेष सडक आयोजना ८७ वटा मुख्यमन्त्री ग्रामीण कृषि सडक, १२८ बहुवर्षीय सडक पुल निर्माण, ११५ झोलुंगे पुल निर्माण चाँडै सम्पन्न गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।Niti tatha karyakram Province 1 078-79

Facebook Comments

हरेक खबर खास खबर