४ असार २०७८, शुक्रबार
गृह विपक्षी गठबन्धनको निष्कर्षः प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने
विपक्षी गठबन्धनको निष्कर्षः प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने

काठमाडौं। विपक्षी गठवन्धना नेताहरुबीचको छलफल सकिएको छ। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी(जसपा)को अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चा सम्मिलित विपक्षी गठबन्धनले सबै प्रदेशमा गठबन्धन सरकार बनाउन पहल गर्ने भएको छ ।

माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार गठबन्धनको कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आज साँझ बसेको बैठकले केन्द्रमा बनेको गठबन्धन अनुरुप सबै प्रदेश गठबन्धन बनाएर सरकार निर्माण गर्ने पहल गर्ने निर्णय गरेको हो।


अहिले विपक्षी गठबन्धनको प्रदेश—२, कर्णाली र सुदूरपश्चिममा सरकार छ । प्रदेश—१ र बागमतीमा एमालेको एकल बहुमतको सरकार छ। गण्डकी र लुम्बिनीमा पनि कसरी गठबन्धन सरकार बनाउन सकिन्छ भनेर पहल गर्ने श्रेष्ठले जानकारी दिए।

बैठकमा अहिलेको केन्द्रको परिस्थितिबारे समीक्षा भएको उनले बताए। गठबन्धनले सर्वोच्च अदालतले संविधानलाई सही ट्रयाकमा लगाउने दिशातिर नै फैसला गर्ने आशा गरेको श्रेष्ठले बताए।

Facebook Comments

हरेक खबर खास खबर