९ असार २०७८, बुधबार
गृह कास्कीका पाँच राजनीतिक दलद्धारा तत्काल खोप व्यवस्था गर्न माग
कास्कीका पाँच राजनीतिक दलद्धारा तत्काल खोप व्यवस्था गर्न माग

कास्की । कास्कीका पाँच राजनीतिक दलले जनताका लागि सरकार सँग खोप व्यवस्था गर्न माग गरेका छन। पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका छन्।

नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा (माओवादी )कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा (एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालद्वारा जारी विज्ञप्तिमा मुलुकमा कोरोना सङ्क्रमणको महामारी र यसले सबै गतिविधि ठप्प भएका कारण आमनागरिकका लागि कोभिडविरुद्वको खोप पहिलो आवश्यकता भएको उल्लेख गरियको छ।शिक्षकलगायत विभिन्न पेशा, व्यवसायमा आबद्व नागरिकलाई खोपको प्राथमिकता राख्न र दोस्रो मात्राको खोप लगाउन नपाएका नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।


Facebook Comments

हरेक खबर खास खबर