१० असार २०७८, बिहीबार
गृह डोटीमा जीप दुर्घटनामा परि एकको मृत्यु, एक घाइते
डोटीमा जीप दुर्घटनामा परि एकको मृत्यु, एक घाइते

डोटी। डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनापरि एक गम्भीर घाइते भएका छन् । कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना लिएर आउँदै गरेको सुप्रप००१००१च २६१५ नंको महेन्द्रा बोलोरो जीप आज बिहान करिब ४ः४५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका बताएका छन्। जीप अनियन्त्रित भई सडकबाट कम्तीमा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने ५० वर्षीय जीपचालक हुकुम शाहको ज्यान गएको हो । यसैगरी दुर्घटनामा परी बाजुरा जिल्ला बूढीगङ्गा नगरपालिका–८ बस्ने २६ वर्षीया देवीकुमारी शाह गम्भीर घाइते ुभएको प्रहरीले बताउको छ। । घाइतेको दिपायल पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको उपचारमा संलग्न स्वास्थ्यकर्मीले बतथाएका छन्।


Facebook Comments

हरेक खबर खास खबर