१० असार २०७८, बिहीबार
गृह गण्डकीमा दोहोरो जुहारीः मुख्यमन्त्रीद्वारा दिपक मनाङे पदमुक्त, मनाङले दिए राजीनामा
गण्डकीमा दोहोरो जुहारीः मुख्यमन्त्रीद्वारा दिपक मनाङे पदमुक्त, मनाङले दिए राजीनामा

काठमाडौं। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा खेलकुद मन्त्री दिपक मनाङेलाई पदमुक्त गरेका छन्।

प्रदेश सभाबाट आज मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश सरकार कामचलाउ बनेको छ। सरकार ढलेर कामचलाउमा भइसकेपछि मुख्यमन्त्रीले मनाङेलाई हटाएका हुन्।


सो मन्त्रालय आफैं सम्हाल्ने जानकारीसहित मनाङेलाई पदमुक्त गरेको विषयमा उनले प्रदेश प्रमुखलाई पत्राचार गरेका छन्।

आज प्रदेशसभामा मुख्यमन्त्रीले मागेको विश्वासको मतमाथि मतदान हुँदा मनाङे अनुपस्थित बनेका थिए। उनले विपक्षी गठवन्धनलाई सघाउने घोषणा गरेका छन्।

मनाङेको राजीनामा पत्र
मनाङेले भने आफूले मन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्।

मुख्यमन्त्रीको नाममा उनले लेखेको राजीनामा पत्रमा विश्वासको प्रस्ताव अस्वीकृत भइ मूख्यमन्त्री पदमुक्त भइसकेपछि आफू पदमा बसिरहनु उचित नठानेको उल्लेख छ।

Facebook Comments

हरेक खबर खास खबर