३१ जेष्ठ २०७८, सोमबार
गृह नागरिकता अध्यादेश रोक्ने न्यायाधीशलाई महाअभियोग: प्रभु शाह
नागरिकता अध्यादेश रोक्ने न्यायाधीशलाई महाअभियोग: प्रभु शाह

काठमाडौं। नेकपा एमाले नेता तथा पूर्वमन्त्री प्रभु शाहले नागरिकतासम्वन्धी अध्यादेशमा रोक लगाउन सर्वोच्चले गरेको अन्तरिमक आदेशको आलोचना गरेका छन्।

फेसबुकमा स्टाटस लेख्दै शाहले यो आदेश गर्ने न्यायाधीशमाथि नै महाअभियोग लगाउनुपर्ने माग गरेका छन्। उनले सर्वोच्चको फैसलालाई अप्रत्याशित र गैरजिम्मेवारीपूर्ण भन्दै यसले मुलुकमा संकट निम्त्याउने जिकीर गरेका छन्।


शाहले लेखेका छन्, ‘यो आदेशले नेपाली नागरिकलाई आफ्नै देशमा शरणार्थी बनाउने, जनतामा राज्यप्रति अविश्वास बढ़ाउने र अराजकता फैलाएर मुलुकमा संकट निम्त्याउने भएकोले यसमा संलग्न न्यायाधीशहरुलाई महाअभियोग लगाउन जरुरी छ ।’

Facebook Comments
+ posts

हरेक खबर खास खबर