१० असार २०७८, बिहीबार
गृह नागरिकता विधेयक सम्बन्धी सर्वोच्चको आदेशप्रति लुम्बिनीका मुख्यमन्त्रीको असन्तुष्टि
नागरिकता विधेयक सम्बन्धी सर्वोच्चको आदेशप्रति लुम्बिनीका मुख्यमन्त्रीको असन्तुष्टि

काठमाडौं। सरकारले ल्याएको नागरिकता विधेयक सम्बन्धी अध्यादेश सर्वोच्च अदालतले कार्यान्वयन नगर्न आदेश दिएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल मार्फत आफ्नो विचार अभिवयक्त गर्दै संविधानको हुवहु भएको नागरिकता सम्बन्धी अध्यादेश सर्वोच्चले उल्टाइदिएकोमा गुनासो गरेका हुन् । नागरिकता विधेयक सर्वोच्चकै परमादेश र संविधानको हुवहु आएको उनको दाबी छ।


‘नागरिकता सम्बन्धी अध्यादेश संविधानको हुवहु थियो । त्यस सम्बन्धमा सर्वोच्चका परमादेश थिए,’ उनले लेखेका छन्, ‘तर सर्वोच्चले नै उल्टाइदियो । धन्य छौं हामी ।’

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र इश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले बिहीबार नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

Facebook Comments

हरेक खबर खास खबर