५ असार २०७८, शनिबार
गृह करेन्ट लागेर २ जनाको मृत्यु
करेन्ट लागेर २ जनाको मृत्यु

सोलुखुम्बुमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। पत्तालेको मुल सडकमा क्रेनले विद्युत लाईन छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो।

शुक्रबार बिहान सोलुदुधकुण्ड नगरपालिका ८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभि प्रसारण लाईनमा छुँदा घटनास्थलमै २ जनाको मुत्यू भएको हो।


२ जना घाईते भएका छन्। मृत्यू हुनेमा गाडी चालक बाग्लुङका २६ वर्षीय भूमिराज मरासिनि र क्रेन चालक स्याङजाका २४ वर्षीय राम परियार रहेका छन्।

ग. १ ज. ५१७३ नम्बरको गाडीमा सवार अन्य २ जना घाईतेको उपचारका लागि अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डीएसपी कवीत कटुवालले जानकारी दिए।

Facebook Comments

हरेक खबर खास खबर