३१ जेष्ठ २०७८, सोमबार
गृह जासुसीको आरोपमा मृत्युदण्ड सुनाइएका जाधवले अदालतमा अपिल गर्न पाउने
जासुसीको आरोपमा मृत्युदण्ड सुनाइएका जाधवले अदालतमा अपिल गर्न पाउने

एजेन्सी। पाकिस्तानमा सजाय काटिरहेका कुलभूषण जाधवले उच्च अदालतमा अपिल गर्न पाउने भएका छन्।

पाकिस्तानी संसदको तल्लो सदन नेशनल एसेम्बलीले सजाय काटिरहेका जाधवलाई अपिल गर्न अनुमति दिने प्रस्तावलाई स्वीकृत गरेको हो।


सैनिक अदालतले मृत्युदण्डको सजाय सुनाएका उनलाई अपिलको अधिकार दिइएको थिएन।

यो प्रस्तावमा अन्तर्राष्ट्रिय न्यायलयको फैसलाअनुरार मृत्युदण्डको सजायमाथि समीक्षा गर्न र पुनर्विचारको अधिकार दिइएको छ।

जाधव २०१६ मा बलुचिस्तानबाट पक्राउ परेका थिए।

Facebook Comments
+ posts

हरेक खबर खास खबर