५ असार २०७८, शनिबार
गृह विश्वकप छनोटमा नेपालले आज अष्ट्रेलियासँग खेल्दै
विश्वकप छनोटमा नेपालले आज अष्ट्रेलियासँग खेल्दै

काठमाडौं। विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियाको सामना गर्दैछ।

राति ९ः४५ बजे कुवेत सिटीमा हुने खेलमा यदी नेपालले अष्ट्रेलियालाई हराएमा र अन्य समूहका टिमहरुको नतिजा पनि नेपाल अनुकुल आएमा मात्र नेपाल समूहमा चौथो हुनेमध्ये उत्कृष्ट चारमा पर्दै एसिया कप छनोटको तेस्रो चरण पुग्नेछ।


यो समीकरण लगभग असम्भव जस्तै रहेकोले नेपालले एसिया कपको तेस्रो चरणमा खेल्नका लागि अब प्लेअफ नै खेल्नुपर्नेछ।

कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २–० ले हराएको थियो भने जवर्डनसंग ३–० ले पराजित भएको थियो।

मूह बी मा रहेको नेपाल यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको छ भने एसिया कपको अर्को चरणका पुग्नका लागि पनि अब प्लेअफको सहायता लिनुपर्ने अवस्था बनेको छ।

समूह चरणमा ७ खेल खेलिसकेको नेपालले दुई जित र ५ खेलमा हारको नतिजासहित ६ अंक जोडेको छ।

नेपालले यसअघि विश्वकप छनोटमै २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । क्यानबेरामा भएको उक्त खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।

नेपालका प्रशिक्षक अब्दुल्ला अलमुताइरीले अष्ट्रेलियाविरुद्ध नतिजाभन्दा पनि प्रदर्शनमा जोड दिने बताएका छन्। बिहीबार भएको प्रिम्याच कन्फ्रेन्समा उनले अष्ट्रेलिया विरुद्ध राम्रो प्रदर्शन गर्ने आशा राखेका छन्।

Facebook Comments

हरेक खबर खास खबर