४ असार २०७८, शुक्रबार
गृह बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन ओलीले बाेलाए बैठक
बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन ओलीले बाेलाए बैठक

काठमाडौं। प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीले आयोगको बैठक बोलाएका छन्। झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आयोगको बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ।

आयोगको बैठकको एजेण्डाको चौथो नम्बरमा बिएण्डसीको सम्बन्धनसम्बन्धी विषय छ।


बिएण्डसीको विषय अदालतमा विचाराधिन रहेको र चिकित्सा शिक्षा ऐनको दफा १३ को ६ अनुसार पनि सम्बन्धन दिन नमिल्ने बताइएको छ।

त्यसअघि नै सरकारले नियुक्त गरेर र पदेन सदस्यलाई बैठकमा उपस्थित हुन र सम्बन्धनको पक्षमा मत राख्न निर्देशनसमेत दिइसकेको एक सदस्यले बताए।

Facebook Comments

हरेक खबर खास खबर