४ असार २०७८, शुक्रबार
गृह राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त, संसद् बैठक आइतबारसम्मका लागि स्थगित
राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा फेरि पदमुक्त, संसद् बैठक आइतबारसम्मका लागि स्थगित

पोखरा। राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले लिएको विश्वासको मतको विपक्षमा मतदान गर्न राजमो संसदीय दलले ह्वीप जारी गरेको थियो। तर थापाले ह्वीप उल्लंघन गर्दै तटस्थ बसेका थिए। थापालाई राजनीति दल सम्बन्धि ऐन २०७३ दफा ३५ को उपदफा १ अनुसार कारबाही गरिएको हो।


शुक्रबारको संसद् बैठकमा उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन्।

यस्तै, संसद् बैठक आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ। सत्तारूढ दल एमालेले प्रदेशसभा सञ्चालन नियमावली अनुसार मन्त्रीहरूको अनुपस्थितिमा नै बैठक चलाएको भन्दै उठेर विरोध जनाएका थिए।

Facebook Comments

हरेक खबर खास खबर