४ असार २०७८, शुक्रबार
गृह दाङमा कुलोको बिषयमा विवाद हुँदा गोली चल्यो,एकजना पक्राउ
दाङमा कुलोको बिषयमा विवाद हुँदा गोली चल्यो,एकजना पक्राउ

दाङ। दाङमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन्।

तुलसीपुर उपमहानगरपालिका–८ मा रहेको गतेखोला–बुटनिया कुलो निर्माणको क्रममा गोली चलोको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।


कुलो निर्माणको क्रममा जग्गा विवाद हुँदा स्थानीय कुलबहादुर वलीले भारतीय पेस्तोलबाट गोली चलाइको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक केसीले बताए।

वलीले चलाएको गोली कसैलाई लागेको छैन। उनले कसलाई गोली हान्न खोजेका हुन् भन्ने नखुलेको र अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको  ।

Facebook Comments

हरेक खबर खास खबर