४ असार २०७८, शुक्रबार
गृह संसद भवनमा सर्वदलीय बैठक शुरु, प्रधानमन्त्री अनुपस्थित
संसद भवनमा सर्वदलीय बैठक शुरु, प्रधानमन्त्री अनुपस्थित

काठमाडौं। विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आह्वान गरेको सर्वदलीय बैठक शुरु भएको छ।

संघिय संसद भवन नयाँ बानेश्वरमा शुरु भएको बैठकमा बस्ने सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समेत निमन्त्रणा पठाइएपनि उपस्थित भएका छैनन्।


छलफलको लागि सबै दलका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्रहिरु बैठकमा सहभागि भएका छन्।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराईलगायत सहभागी रहेको सभामुखको सचिवालयले जनाएको छ । झलनाथ खनाल भने भर्चुअल रूपमा सहभागी भएका छन्।

बैठकमा संसद विघटनपछि कसरी अघि बढ्ने बारेमा छलफल हुने बताइएको छ । एमालेबाट निश्काशित माधवकुमार नेपाल भने सहभागी हुने निश्चित भएको छ।

गत जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकि छन्।

संसद पुनःस्थापना र काँगे्रस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै विपक्षी गठबन्धनले सर्वोच्चमा रिट दायर गरेका छन् । मुद्दामाथि सुनुवाइ सुरु भइसकेको छ।

Facebook Comments

हरेक खबर खास खबर