४ असार २०७८, शुक्रबार
गृह सभापति देउवाले डाके पदाधिकारी बैठक
सभापति देउवाले डाके पदाधिकारी बैठक

काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशनबारे निर्णय लिन सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन्।

सभापति देउवाले शनिबार अपरान्ह २ बजे बूढानीलकण्ठमा बस्नेगरी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन्। कांग्रेसको महाधिवेशन भदौ ७ गतेदेखि १० गतेसम्मका लागि तोकिएको छ।


कोरोना महामारीबाट उत्पन्न संकटका कारण महाधिवेशन अनिश्चित हुने सम्भावना बढेका बेला सभापति देउवाले बैठक बोलाएका हुन्। यसअघि देउवाले भदौमा महाधिवेशन गर्न आफू प्रतिवद्ध रहेको भन्दै विज्ञप्ति जारी गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर