४ असार २०७८, शुक्रबार
गृह धनुषामा निर्माणधिन पोखरीमा डुबेर ५ बालिकाको मृत्यु, २ बालिका शकुसल
धनुषामा निर्माणधिन पोखरीमा डुबेर ५ बालिकाको मृत्यु, २ बालिका शकुसल

धनुषा। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ स्थित निर्माणाधिन पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको छ।

हुलास यादवको जग्गामा बनिरहेको पोखरीमा डुबेर आज मध्यान्ह ५ बालिकाको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र कुमार मिश्रले रजानकारी दिए।


उनका अनुसार मृत्यु हुनेहरू १० देखि १३ वर्ष उमेर समूहका छन्।

मृत्यु हुनेहरूमा लक्ष्मीपुर टोलका पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साह रहेकी छन्।

स्थानीयबासी र प्रहरीको सहयोगमा बालिकाहरुको शबलाई पोखरीबाट निकालिएको छ। २ बालिका शकुसल भेटिएका छन्।

साथीहरु ड्ुबेको देखेर उनीहरु भागेका थिए। गाईबस्तु चराउन गएका बालिकाहरु गर्मि छल्न भन्दै पोखरीमा छिरेका थिए ।

Facebook Comments

हरेक खबर खास खबर