१० असार २०७८, बिहीबार
गृह सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त
सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त

काठमाडौं। सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सीईओमा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले चार वर्षका लागि पोखरेललाई सीईओमा नियुक्त गरेको हो।

गत वैशाख १८ गते बैंकका तत्कालीन सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि डेपुटी सीईओमा पोखरेल नियुक्त भएका थिए।


सन् १९९१ देखि बैंकिङ सेवामा प्रवेश गरेका पोखरेलले एनआईसी, नबिल, स्ट्यान्डर्ड चाटर्ड, म्यानमाको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा काम गरिसकेका छन्।

Facebook Comments

हरेक खबर खास खबर