५ असार २०७८, शनिबार
गृह गणेश लामा दुई हजार जरिवाना तिरेर रिहा
गणेश लामा दुई हजार जरिवाना तिरेर रिहा

काठमाडौं। कास्कीमा पक्राउ परेका कांग्रेसनिकट गुण्डा नाइके गणेश लामा दुई हजार जरिवाना तिरेर छुटेका छन्।

निषेधाज्ञा उल्लंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले लामामाथि कारवाही गरेको हो। प्रहरीले लामासहित तीनजनालाई हिजो पक्राउ गरेको थियो।


त्यसपछि आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएको थियो। जिप्रकाले तीनैजनाको बयानपछि जरिवाना तिराएर छाडिएको छ।

कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निषेधाज्ञा तोडेको विषयमा ऐनबमोजिम सामान्य जरिवाना तिराएर छाडिएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुवास हमालले लामामाथि निषेधाज्ञा तोडेको बाहेक अरु आरोप नभएको बताए।

Facebook Comments

हरेक खबर खास खबर