४ असार २०७८, शुक्रबार
गृह महन्थ ठाकुरले भनेः नागरिकता अध्यादेश रोक्ने सर्वोच्चको आदेश गलत
महन्थ ठाकुरले भनेः नागरिकता अध्यादेश रोक्ने सर्वोच्चको आदेश गलत

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने जानकारी दिए।

नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले गरेको अन्तरिम आदेशबारे उनले सो टिप्पणी गरेका हुन्।


‘३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको थियो। संसदले नागरिकतासम्बन्धी विषयमा निर्णय नै गर्न सकेन’, ठाकुरले भने, ‘ नागरिकताको अभावमा नागरिकहरू रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको छ।’

Facebook Comments

हरेक खबर खास खबर