४ असार २०७८, शुक्रबार
गृह सभामुखले डाकेको बैठक सकियो, विपक्षी नेताहरु छुट्टै छलफलमा
सभामुखले डाकेको बैठक सकियो, विपक्षी नेताहरु छुट्टै छलफलमा

काठमाडौं। सभामुख अग्नि सापकोटाले डाकेको सर्वदलीय वैठक सकिएको छ। वैठक सकेर सभामुख निस्केका छन् भने विपक्षी नेताहरू बेग्लै छलफलमा जुटेका छन्।

संसद विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न सभामुखले बैठक बोलाएका हुन्। वैठकबाट निस्केका सभामुखले पत्रकारसँग कुनै प्रतिक्रिया दिएनन्।


सभामुखसँगको वैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा। बाबुराम भट्टराईबीच छलफल जारी छ।

Facebook Comments

हरेक खबर खास खबर