४ असार २०७८, शुक्रबार
गृह मुख्यमन्त्रीले कार्यालयमै पिडित राउटे युवतीलाई बोलाएर प्रिफ्याब घर बनाइदिने आश्वासन दिएर पठाए
मुख्यमन्त्रीले कार्यालयमै पिडित राउटे युवतीलाई बोलाएर प्रिफ्याब घर बनाइदिने आश्वासन दिएर पठाए

सुर्खेत। यौन दुव्र्यवहारमा परेका दुई राउटे युवतीलाई कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज भेटेका छन्। वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालयमै राउटे युवतीहरुलाई स्वागत गरेका शाहीले उनीहरुलाई प्रिफ्याब घर बनाइदिने आश्वासन दिएर घर पठाएका छन्।

राउटे समूदायका दुई युवतीमाथि गुर्भाकोट नगरपालिकामा तीन युवकले मदिरा सेवन गराई यौन दुव्र्यवहार गरेका थिए। त्यसयता राउटे वस्तिमा सुरक्षा निकायले कडा निगरानी गरिरहेको छ।


मुख्यमन्त्रीसँगको भेटमा युवतीहरुले प्रदेश सरकारले दिने भनेको मासिक दुई हजार भत्ता नपाएको भन्दै गुनासो गरेका थिए। मुख्यमन्त्री शाहीले राउटेहरु बस्ने सम्भावित स्थानमा पालभन्दा पनि प्रिफ्याव भवन राख्ने योजना बनाएको बताएका थिए। त्यसका अलावा राउटे नीति बनाउन, खाद्यान्न र अन्य आवश्यक व्यवस्था मिलाउन प्रमुख सचिव, सामाजिक विकासमन्त्री यज्ञबहादुर विसीलगायतलाई उनले निर्देशन दिए।

Facebook Comments

हरेक खबर खास खबर