४ असार २०७८, शुक्रबार
गृह बालुवाटारबाट पक्राउ परेका १८ जना नागरिक अगुवाहरु रिहा
बालुवाटारबाट पक्राउ परेका १८ जना नागरिक अगुवाहरु रिहा

काठमाडौं। विरोध प्रदर्शनका क्रममा काठमाडौंको बालुवाटारबाट पक्राउ परेका नारायण वाग्ले, खगेन्द्र सङ्ग्रौलासहित १८ जना नागरिक अगुवाहरु रिहा भएका छन्।

सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारी विरुद्ध उनीहरुले प्रदर्शन गरेका थिए।


निषेधाज्ञाको समयमा विरोध प्रदर्शन गरेको भन्दै दिउँसो उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरुले ‘स्वास्थ्य सेवा हो व्यापार होइन’, ‘सरकार सेवक हो मालिक होइन’, ‘निजी अस्पताल खोल्न प्रधानमन्त्री खटिने, सरकारी अस्पतालबाट बिरामी लखेटिने’ लगायत लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

Facebook Comments

हरेक खबर खास खबर