२० श्रावण २०७८, बुधबार
गृह प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा शुरु गर्ने
प्रतिष्ठानले असार १ गतेदेखि ओपीडी सेवा शुरु गर्ने

तुलसीपुर। कोरोना भाइरस सङ्क्रमितको उपचार हुँदै आएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सघन उपचार कक्ष (आइसियु) र बहिरङ्ग सेवा (ओपीडी) सञ्चालनमा ल्याउने भएको छ।

कोरोना सङ्क्रमण तीब्र रुपमा फैलिएपछि अस्पतालले आइसियु र ओपीडी सेवा बन्द गरेर कोभिड डेडिकेटेड सेवा मात्रै सञ्चालन गर्दै आएको थियो। कोरोना भाइरस सङ्क्रमण घटेसँगै असार १ गतेदेखि अस्पतालले आइसियु र ओपीडी सेवा सञ्चालन गर्न थालिएको प्रतिष्ठानका उपकुलपति प्रा.डा.सङ्गीता भण्डारीले बताए। उनका अनुसार पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी सेवा शुरु गर्न थालिएको हो।


कोरोना महामारीका कारण उपचारका लागि साधारण बिरामी आउँदा स्वयं बिरामी मात्रै आउन र अशक्त, ज्येष्ठ नागरिक र बालबालिकाको साथमा एक जना मात्रै आफन्त आउन सबैमा अनुरोध गरिएको छ।

Facebook Comments

हरेक खबर खास खबर