२० श्रावण २०७८, बुधबार
गृह थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि
थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५६९ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ९६३ र ५ हजार ४६८ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ गरी २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको हो।


कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ भने ४ हजार २० जना संक्रमणमुक्त भएका छन्।

Facebook Comments

हरेक खबर खास खबर