२० श्रावण २०७८, बुधबार
गृह गृहमन्त्री र ३ सुरक्षा निकायका प्रमुखले राष्ट्रपतिलाई भेटे
गृहमन्त्री र ३ सुरक्षा निकायका प्रमुखले राष्ट्रपतिलाई भेटे

काठमाडौं। गृहमन्त्री खगराज अधिकारी सहित तीनवटा सुरक्षा निकायका प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्।

राष्ट्रपतिले बोलाएपछि गृहमन्त्री, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी शीतल निवास गएका थिए।


राष्ट्रपति भण्डारीले पछिल्लो केही दिनयता भएको वर्षाका कारण भएको क्षति र जोखिम न्युनीकरणका लागी भएको प्रयासबारे सुरक्षा प्रमुखहरुबाट जानकारी लिएको बताइएको छ।

विपद् न्युनीकरणका लागी भएको प्रयासबारे जानकारी गराएर गृहमन्त्री सहितका सुरक्षा अधिकारी फर्किएका छन्।

Facebook Comments

हरेक खबर खास खबर