३ कार्तिक २०७८, बुधबार
गृह हिंसा बन्द नगरे तालिवानीमाथी हवाई हमला गर्ने अमेरिकीको चेतावनी
हिंसा बन्द नगरे तालिवानीमाथी हवाई हमला गर्ने अमेरिकीको चेतावनी

काठमाडौं। अमेरिकाका शीर्ष कमान्डर जनरल अस्टिन स्कट मिलरले तालिवानीलाई चेतावनी दिएका छन् । कमान्डर मिलरले हिंसा बन्द नगरे हवाइ हमला गर्ने चेतावनी दिएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अफगानिस्तानको ३७० मध्ये करिब ५० जिल्लामा तालिबानले कब्जा जमाएको छ । साथै यो संगठन राजधानी सहर काबुलतर्फ अघि बढिरहेको छ । तालिबानले भने अहिलेसम्म करिब एक सय जिल्लामा कब्जा जमाइसकेको दाबी गरेको छ ।


यसैबीच अमेरिकी कमाण्डरले अफगानिस्तानको अवस्था सही नभएको बताएका हुन् । उनले गृहयुद्धको खतरा बढिरहेको उनको भनाइ छ । तालिबान अहिलेकै गतिमा अघि बढे गृहयुद्ध हुने खतरा झन् बढ्ने मिलरले बताए । यद्यपि उनले अझै पनि अमेरिकी सेनाले तालिबानमाथि हवाई आक्रमण गरिरहेको आरोप भने अस्वीकार गरे । उनले भने, ‘म चाहन्छु कि हवाई आक्रमण भएको देख्न नपरोस् । यद्यपि सबैभन्दा पहिला हामीले यो सुनिश्चित गर्नुपर्छ कि हिंसा नै नहोस् ।’

Facebook Comments

हरेक खबर खास खबर