१७ श्रावण २०७८, आईतवार
गृह कालीगण्डकी तिनाउँ डाइभर्जन आयोजना विरुद्ध सर्वोच्चमा रिट दायर
कालीगण्डकी तिनाउँ डाइभर्जन आयोजना विरुद्ध सर्वोच्चमा रिट दायर

कालीगण्डकी तिनाउँ बहुउद्देशिय डाइभर्जन आयोजनाको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ता तलसीराम पोखरेल, राम बहादुर शाही र अधिवक्ता सन्तोष भन्डारीले रिट निवेदन दायर गरेका हुन्।

रिटमा नेपालको सव्यता र संस्कृतीसंग जोडिएको गण्डकी नदिको अस्तित्व नै समाप्त पार्ने गरि कालिगण्डकी पानी डाईभर्सन गर्ने सरकारको निर्णयले सनातन हिन्दुहरुको आस्था विश्वास मूल्य र मान्यता बोकेको हिमालय मुक्तिनाथबाट प्रवाहित प्रवित्र एवं पुण्य नदी र शालिग्राम प्राप्त गर्ने क्षेत्रको दोहन गर्ने उदेश्य राखेको उल्लेख गरिएको छ।


अर्थमन्त्री विष्णु पौडेलद्धारा कालिगण्डकी डाईबर्सन परियोजनाको कार्यलय नै स्थापना गरि उदघाटन समेत गरीसकेको हुँदा सो परियोजना संविधान, कानुन ,प्रतिपादित नजिर, अन्तरास्ट्रिय संन्धि सम्झौता विपरीत भएको बताईएकोछ ।

राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय लगयतलाई विपक्षी बनाईएको रिटान कालीगण्डकी तिनाउँ बहुउद्देशिय डाइभर्जन आयोजनालाई यो रिट निवेदनको टुंगो नलागेसम्म कार्यान्वयन नगराउन अन्तरिम आदेशद्दारा अमान्य घोषणा गर्न माग गरिएको छ ।No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.No photo description available.

Facebook Comments

हरेक खबर खास खबर