१७ श्रावण २०७८, आईतवार
गृह एमालेको १० औँ महाधिवेशन आयोजक समिति खारेज
एमालेको १० औँ महाधिवेशन आयोजक समिति खारेज

काठमाडौं। नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गर्ने निणर््य गरेको छ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।


यो संगै अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने भएको छ । बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै एमालेको बैठकले बाढी, पहिरोजस्ता विपदमा उद्दार र राहतमा सरकारले खेलेको भूमिकाको उच्च प्रशंसा गरेको ज्ञवालीले बताए। एमालेका वरिष्ठ नेता झलनाथ खनालको उपचारको जिम्म पनि पार्टीले लिने निर्णय भएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

Facebook Comments

हरेक खबर खास खबर