२२ मंसिर २०७८, बुधबार
गृह सरकारलाई पार्टीभित्रैबाट कमजोर बनाउने खेल सुरु भयोः प्रधानमन्त्री ओली
सरकारलाई पार्टीभित्रैबाट कमजोर बनाउने खेल सुरु भयोः प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको दुई वर्ष अवधि पूरा हुनेवित्तिकै पार्टी भित्रैबाट आफूलाई कमजोर बनाउने खेल सुरु भएको बताए।

महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्षसमेत रहेका ओलीले पदीय आकांक्षाका साथ अस्वस्थता सुरु भएको दावी गरेका छन्।


उनले भने, ‘सरकारको नेतृत्वको दुई वर्ष पुरा भइसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो। अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो। अस्थिरता ल्याउने खेल सुरु भयो।’

उनले त्यस्तो खेलमा पार्टीभित्रबाटै अस्वस्थ खेल सुरु भएको र त्यस खेलमा विरोधीहरुसँग साँठगाँठ गरिएको आरोप लगाएका छन्। जे भेटिन्छ त्यहीले झटारो हान्ने प्रयास भएको ओलीको भनाइ छ।

उनले पार्टी पछिल्लो समय लोकप्रिय पनि बन्दै गएको दावी गरे। सरकारका ऐतिहासिक कामका कारण एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको ओलीको भनाइ थिया ।

उनले सञ्चारमाध्यमसँग भने गुनासो पोखेका छन् । राम्रो काम गर्दा गर्दै पनि सञ्चारमाध्यमले विरोधीको आँखाले मात्रै हेर्ने गरेको बताए । गाली, बेइजती, अपमान गर्ने र सरकारका राम्रा कामहरुबारे कुनै चर्चा नै नगरेको भन्दै सञ्चारमाध्यमप्रति असन्तुष्टि पोखेका छन् ।

Facebook Comments

हरेक खबर खास खबर