२२ मंसिर २०७८, बुधबार
गृह तनहुँमा पहिरोले पाँच घर पुरिए, दुई जनाको मृत्यु
तनहुँमा पहिरोले पाँच घर पुरिए, दुई जनाको मृत्यु

तनहुँ। तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङमा बुधबार राति पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । पहिरोले पाँच घर पुरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए।

उनका अनुसार मृत्यु हुनेमा करिब ७० वर्षीया हरिमाया बसेल र करिब ३० वर्षीया सरस्वती थापा छन् । पहिरोमा बेपत्ता उनीहरूको शव बिहान भेटिएको अध्यक्ष थापाले जानकारी दिए।


‘पहिराले घर पुरिएपछि स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ,’ उनले भने।

यस्तै चुँदी खोलामा आएको बाढीले डुम्रे स्वास्थ्य चौकी र तल्लो डुम्रे क्षेत्र डुबानमा परेका छन्।

Facebook Comments

हरेक खबर खास खबर