१७ श्रावण २०७८, आईतवार
गृह चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुरा, चिनले शतवार्षिकी मनाउँदै
चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुरा, चिनले शतवार्षिकी मनाउँदै

काठमाडौं।  चिनमा कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुरा भएको छ।  चीनले आफ्नो सत्तारुढ कम्युनिष्ट पार्टीको स्थापनाको शतवार्षिकीको मनाइरहेको छ।

चीनको राजधानी बेइजिङमा भव्य समारोहको आयोजना गरी पार्टी स्थापनाको शतवार्षिकीको बनाएको हो।  साथै उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्रपति एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गरेका छन्।


सम्बोधनका क्रममा सीले सबैको मेहनत तथा संघर्षपश्चात चीनले खुशीयालीयुक्त समाज निर्माण पूरा गरेको बताउँदै समाजवादी आधुनिक शक्तिशाली मुलुकको रूपमा अघि बढिरहेको बताएका छन्।

स्थानीय समयअनुसार ८ बजेदेखि मनाउन थालिएको शतवार्षिकी समारोहमा अनेक परेड, झाँकी तथा प्रदर्शनीहरूका अलावा सत्तारूढ पार्टीले एक सय वर्षको अवधिमा हासिल गरेका उपलब्धिहरूको प्रदर्शनी पनि समावेश छन्।

अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार थ्यानआनमन भएको विशेष समारोहमा राष्ट्रिय झण्डोत्तोलनका साथै १ सय तोपको सलामी अर्पण गरिएको थियो भने आकाशमा विमानले १०० को आकृतिका साथ उडान प्रदर्शनी गरेका थिए।
सन् १९२१ जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भएको थियो।

 

Facebook Comments

हरेक खबर खास खबर