१७ श्रावण २०७८, आईतवार
गृह सुनचाँदीकै मूल्य बढ्यो : तोलाको कति ?
सुनचाँदीकै मूल्य बढ्यो : तोलाको कति ?

काठमाडौं। नेपाली बजारमा सुनचाँदीकै मूल्य आज वृद्धि भएको छ । गत मंगलबार र बुधबार क्रमिक रूपमा गिरावट आएको सुनचाँदीको मूल्यमा बिहीबार अधिकतम ८०० रुपैयाँले मूल्य वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले वृद्धि हुँदै ९० हजार ८०० रुपैयाँ कायम भएको छ।


यस्तै, यता चाँदीको मूल्य समेत गत बुधबारको तुलनामा प्रतितोला २० रुपैयाँले वृद्धि हुँदै १ हजार ३१० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।

Facebook Comments

हरेक खबर खास खबर