२० श्रावण २०७८, बुधबार
गृह आजदेखि आन्तरिक उडान सञ्चालन
आजदेखि आन्तरिक उडान सञ्चालन

काठमाडौं। आजदेखि आन्तरिक उडान सञ्चालन भएका छन्। कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि वैशाखदेखि बन्द भएको उडान आजदेखि सुरु भएका छन्।

जनस्वास्थ्यका मापदण्ड पालना गर्दै उडान गर्नुपर्ने नियम ल्याएको नागरिक उड्डयन प्राधिकरणले सिमित उडान अनुमतिमात्र दिएको छ। प्राधिकरणले सामन्य अवस्थाको उडानको तुलनामा पचास प्रतिशतमात्र उडान गर्न पाउने व्यवस्था मिलाएको छ।


दैनिक ६४ उडानका लागि तालिका प्राधिकरणले स्वीकृतथ गरेको छ। विमानस्थल कार्यालय प्रमुख प्रताव तिवरीका अनुसार आज बुद्ध एयरका सबैभन्दा धेरै ३१ उडान तालिका छ। यतीको १५,श्रीको ७ र सौर्यको ३ उडान तालिका रहेका छन्। ताराको १ र समिटका २ उडान सेड्युलमा छन्।

बिहानैदेखि नियमित उडान भइरहेको तिवारीले जानकारी दिए। पोखरा र भरतपुरको उडान भने अवरुद्ध भएको छ।

Facebook Comments

हरेक खबर खास खबर