३ कार्तिक २०७८, बुधबार
गृह राष्ट्रपतिले गरिन् राष्ट्रियसभालाई सम्बोधन गर्ने इच्छा
राष्ट्रपतिले गरिन् राष्ट्रियसभालाई सम्बोधन गर्ने इच्छा

कठमाडौं। प्रतिनिधिसभा विघटन भएको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारीले अनपेक्षित रुपमा राष्ट्रियसभामा सम्बोधनको इच्छा व्यक्त गरेकी छन्।

राष्ट्रियसभाको आठौँ अधिवेशन आज दिउँसो ४ बजेदेखि सुरु हुँदैछ। राष्ट्रियसभाको यो अधिवेशनको सुरुतिर राष्ट्रपतिले सम्बोधनको इच्छा व्यक्त गरेकी हुन्।


आउँदो आइतबार वा सोमबार राष्ट्रियसभाको बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिएका छन्।

Facebook Comments

हरेक खबर खास खबर